बच्चा चोरीको आरोपमा तीन जना पक्राउ


२७ माघ २०७८, बिहीबार
Kid chori1644493297 scaled

धनुषा । धनुषामा बच्चा चोरीको आरोपमा तीन जना पक्राउ परेका छन् । बिहीबार चोरी गरिएको बच्चासहित तीन जनालाई धनुषा प्रहरीले पक्राउ गरेको हो ।

बुधबार बेलुका ६ बजे जनकपुरधामको महराजसागर पाखरीबाट मोहमद अमिर राइनको सात महिने छोरा मोहमद अख्तर राइन सम्पर्कविहीन भएका थिए । सोही बच्चा चोरी गरिएको आरोपमा प्रहरीले गणेशमान चारनाथ नगरपालिका-१० डुमरीयाकी मनिषादेवी मुखिया, औरही गाउँपालिका-१ पौडेश्वरकी किरण राम र महोत्तरी लोहरपट्टी नगरपालिका-४ का कृष्णकुमार यादवलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

बुधबार साँझतिर बच्चालाई पोखरीको डिलमा उनकी ६ वर्षीया दिदी एलिजा खातुन खेलाइरहेकी थिइन् । एलिजालाई बच्चा चोरी गर्ने मनिषा मुखियाले ५० रुपैयाँ दिएर कुरकुरे किन्न पठाएर बच्चा लिएर भागेको धनुषाका प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए । पक्राउ परेका अन्य दुई जना मुखियाकै मतियार रहेको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरीको दाबी छ ।

प्रहरीकाअनुसार बच्चा लिएर भाग्ने बेला मुखियासँग रहेको अर्को दुई वर्षीया बच्चा किरण रामको जिम्मा लगाएर भागेका थिए । किरणसँग रहेको दुई वर्षीया बच्चा मुख्यिाको रहे/नरहेकोबारे अनुसन्धान भइरहेको छ । कृष्णा यादवले मुखियालाई १३ हजार रकम दिएको पनि खुलेको छ । कृष्णाले मुखियालाई रकम दिई बच्चा चोर्न उक्साएको प्रहरीको भनाइ छ । पक्राउ परेका तीनै जनामाथि प्रहरीले अपहरण मुद्दा चलाउने तयारी गरेको छ । बच्चालाई परिवारको जिम्मा लगाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७