प्रचण्ड चीनबाट सञ्चालित’


२०७८ माघ २८ शुक्रबार ०७:५८ बजे

काठमाडौं । तराई मधेस केन्द्रित दलका नेताले मधेसवादी दलहरू विदेशी शक्तिले बनाएका हुन् भन्ने माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्तिको निन्दा गरेका छन् । सँगसँगै उनीहरूले दाहाल नै चीनबाट सञ्चालित भएको आरोप पनि लगाएका छन् ।

दाहालले बिहीबार एक सार्वजनिक कार्यक्रममा मधेस केन्द्रित दलहरू विदेशी शक्तिले बनाएको आरोप लगाएका थिए । दाहालले शान्तिसम्झौतापछि सिंगो मधेस माओवादीमय भएको र यसबाट आत्तिएका विदेशी शक्तिले मधेस केन्द्रित दलहरू बनाएको आरोप लगाएका थिए ।

जनता समाजवादी पार्टीका अध्यक्ष मनिष सुमनले दाहालबाट यस्तो अभिव्यक्ति आउनु अत्यन्त खेदजनक र दुभाग्र्यपूणर् भएको बताउँदै भने, ‘दाहाल आफैं विदेशबाट सञ्चालित छन् । उनी चीनबाट सञ्चालित नेता हुन् ।’ आफूहरू राष्ट्रियताप्रति हृदयदेखि नै प्रतिबद्ध भएको बताउँदै सुमनले थपे, ‘यो देशको मूल नेपाली भनेको हामी हौं । हामी कतैबाट सञ्चालित छैनौं। आफ्नो माटोप्रति प्रतिबद्ध छौं ।’ दाहालको बोलीको ठेगान नभएको आरोप पनि उनले लगाए । ‘उहाँले कुन बेला के भन्नुहुन्छ, पत्तै हुन्न । उहाँको बोलीको ठेगान हुँदैन । विदेशबाट सञ्चालित भएको व्यक्तिको बोली यस्तै हुन्छ’, उनले भने ।

यसैगरी लोकतान्त्रिक समाजवादी पार्टीका कार्यकारिणी समिति सदस्य केशव झाले दाहालको पार्टीको नाम विदेशी व्यक्तिहरूको नामबाट राखिएको बताउँदै भने, ‘हामीले विदेशी नामबाट पार्टीको नाम राखेका छैनौं । उहाँहरूले माओ, लेनिन, स्टालिनजस्ता विदेशी व्यक्तिको नामबाट पार्टीको नाम राख्नुभएको छ ।’ दाहाल आफैं विदेशबाट आयातित व्यक्ति भएको झाले आरोप लगाए । ‘उहाँ आफैं विदेशबाट आयातित व्यक्ति हो । त्यसैले उहाँले अरूलाई आयातित देख्नुहुन्छ,’ उनले थपे, ‘सबैभन्दा बढी राष्ट्रवादी हामी हौं । हाम्रो पार्टी हाम्रो देशभित्र बनेको छ । दाहालको पार्टी विदेशमा बनेको हो ।’ नागरिक दैनिकबाट

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७