पाँचौं स्थानमा उक्लियो आर्सनल


२०७८ माघ २८ शुक्रबार ०७:०१ बजे

काठमाडौं । इङलिस प्रिमियर लिगअन्तर्गत बिहीबार राति भएको खेलमा आर्सनलले वुल्भरहाम्टन वान्डरसमाथि १-० गोल अन्तरको जित हात पारेको छ ।

आर्सनललाई जिताउन खेलको २५ औं मिनेटमा ग्राबिएलले निणर्ायक गोल गरेका थिए । खेलको ६९ औं मिनेटमा आर्सनलका ग्राबिएल मार्टिनेलीले रातो कार्ड पाएका थिए ।

असामान्यरुपमा दिइएको उक्त रातो कार्डपछि आर्सनल १० खेलाडीमा सीमित भएको थियो । तर, विपक्षी टोलीले यसको फाइदा भने उठाउन सकेन । जितसँगै आर्सनल अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । उसले २२ खेलबाट ३९ अंक बटुलेको हो । यससँगै म्यानचेस्टर युनाइटेड भने छौटौं स्थानमा झरेको छ । उसले २३ खेलबाट ३९ अंक बटुलेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७