कांग्रेस कार्यसम्पादन समितिकाे बैठक आज पनि बस्दै, के-के छन् एजेण्डा ?


२८ माघ २०७८, शुक्रबार
Karyasampadan Baithak1644487582

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक आज (शुक्रबार) पनि बस्ने भएको छ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बिहीबारबाट शुरु भएको बैठक आज पनि बस्न लागेको हो ।

बिहीबार बसेको कार्यसम्पादन समिति बैठकपछि नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसी संसदमा प्रवेश गर्न सभामुखले रोक्न नपाउने बताएका थिए ।

‘सरकारको तर्फबाट पेस भएका विधेयकहरू छलफल संसदमा गर्नुपर्छ । महत्वपूर्ण प्रस्तावहरू अन्य प्रस्तावहरू आउँछ त्यो विशेष सदनमा प्रवेश गराई दिने । उहाँले यो प्रवेश गराउँछु, यो गराउन्न भन्न मिल्दैन । यो विषय उहाँले प्रवेश गराउनु पर्छ’, उनले भनेका थिए ।
उनले एमसीसी संसदमा छलफल भए बहुमतबाट पास हुने दाबी गरेका छन् । हिजोको वैठकले एमसीसी अघि बढाउने तर सत्ता गठबन्धनबारे तत्काल नवोल्ने निणर्य गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७