तनाव कम गर्न रूसले युक्रेन सीमाबाट फौजलाई पछि हटाउनु पर्छ : बेलायत


२८ माघ २०७८, शुक्रबार
russia HW23H5DEKK

काठमाडौं । रुस र पश्चिमा देशबीचको तनाव कम गर्न रुसले युक्रेनसँगको सीमाबाट सेना हटाउनु पर्ने बेलायतले जनाएको छ । बेलायती विदेशमन्त्री लिज ट्रुस मस्कोमा भएको एक कार्यक्रममा युक्रेनी सीमामा रहेका फौज र उपकरणहरू खतरनाक सुरक्षा चासोको विषय बनेको प्रतिक्रिया दिएका हुन् ।

विदेशमन्त्री ट्रुसले युरोपेली सुरक्षा र युक्रेनको तनावबारे मस्को र पश्चिमा देशका अधिकारीबीच हप्तौंको गहन वार्ताको पछिल्लो समयमा रूसी विदेशमन्त्री सर्गेइ लाभरोभसँग भेट गरेका हुन् । मस्कोमा भएको वार्तापछि ट्रुसले लाभरोभसँगको छलफलले सकारात्मक सन्देश दिएको बताएको समाचार संस्था एएफपीले जनाएको छ ।

रूसले आफ्नो पूर्व सोभियतकालीन भूभागमा रहेको छिमेकी युक्रेन वरिपरि एक लाख सेना तैनाथ गरेपछि युक्रेनमा द्वन्द्व चर्काउने तयारी भइरहेको टिप्पणी हुँदै आएको छ । तर रुसले यसको खण्डन गरिरहेको छ ।युक्रेनको सीमामा रहेको रूसी र बेलारूसी फौजबीच ठूलो सैन्य अभ्यास सुरु हुँदा विदेश मन्त्रीहरूबीच भेट भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७