तान्त्रिकले ‘छोरो पाउँछौ’ भन्दै गर्भवती महिलाको निधारमा ठोके किला


२८ माघ २०७८, शुक्रबार
42 Shares
Tantruik1644506148

इस्लामावाद । पाकिस्तानमा तन्त्र विधिबाट उपचार गर्ने भन्दै एकजनाले गर्भवती महिलाको निधारमा किला ठोकेका छन् । निधारमा ठोकिएको पाँच सेन्टीमिटर लामो किलो निकाल्ने प्रयास असफल भएपछि ती महिला उपचारका लागि आफै पेशावर सहरको एउटा अस्पतालमा आइपुगेकी थिइन् ।

सुरुमा उनले डाक्टरहरूलाई निधारमा आफैले किला ठोकेको भन्दै वास्तविकता लुकाउन खोजेकी थिइन् । तर, पछि उनले यस्तो विधिबाट उपचार गर्दा छोरो नै जन्मिने भन्दै एकजना तान्त्रिकले आफ्नो निधारमा किला ठोकेको बताएकी थिइन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

ती महिलालाई चोट लागेको एक्स-रे अनलाइनमा भाइरल हुन थालेपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । एक्स-रेमा निधारभित्र किला अड्केको स्पष्ट देखिन्छ । लेडी रिडिङ हस्पिटलका डाक्टर हैदर खानले उपचारका लागि आउँदा उनी पूणर् रूपमा होसमा रहेको तर अत्यन्तै पीडामा रहेको बताएका छन् ।

ncll 2

अस्पतालका कर्मचारीलाई उद्धृत गर्दै स्थानीय अखबार डनले ती महिलाले एक जना छिमेकीको सल्लाहअनुसार तान्त्रिकलाई भेटेको जनाएको छ । ती महिलाले पहिलै तीन जना छोरी जन्माइसकेको र यदि फेरि पनि छोरी पाएमा उनका श्रीमानले सम्बन्धविच्छेद गर्ने धम्की दिएका थिए । त्यसै डरका कारण तीन महिने गर्भवती उनी तान्त्रिकको शरणमा पुगेकी थिइन् । ती तान्त्रिकलाई प्रहरीले खोजिरहेको छ ।

jagdamba.cement

केही दक्षिण एसियाली गरिब मुलुकहरूमा अझै पनि छोरीले भन्दा छोराले राम्ररी कमाउने र आमा-बुबालाई राम्ररी पाल्ने विश्वास गरिन्छ । पाकिस्तानका केही भागमा अझै पनि तन्त्रमन्त्रमा मानिसहरू धेरै विश्वास गर्छन् । विशेषगरी उत्तर-पश्चिमी आदीवासी क्षेत्रमा यो अन्धविश्वास निकै फैलिएको छ । बीबीसीबाट

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७