लेखा र राजश्व समूहका १६ जना उपसचिवमा बढुवा (सूची)


२८ माघ २०७८, शुक्रबार

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लेखा र राजश्व समूहका १६ शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको छ । बढुवा सिफारिस समितिको बिहीबारको बैठकले कार्यक्षमताका आधारमा लेखाका १२ र राजस्वका ४ गरी १६ जनालाई बढुवा सिफारिस गरेको हो ।

समितिले लेखा समूहका भाष्कर शर्मा नेपाल, यादवप्रसाद न्यौपाने, तुकमान पुनमगर, अशोककुमार गिरी, छविन्द्र बेल्वासे, विष्णुप्रसाद ज्ञवाली, चन्द्रबहादुर सुवेदी, दीपबहादुर थापा, यज्ञराज उप्रेति, होमप्रसाद खतिवडा, चेतराज जोशी र ताराप्रसाद पोखरेललाई बढुवा सिफारिस गरेको हो । राजस्व समूहका शोभाकर खनाल, लक्ष्मीकुमार रिमाल, युवराज बस्नेत र सुजितकुमार सिंह पनि बढुवामा परेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७