साउदी विमानस्थलमा ड्रोन आक्रमण, १२ जना घाइते


२८ माघ २०७८, शुक्रबार
Abha airport eKetDJcnel

काठमाडौं । यमन सीमा नजिकैको विमानस्थललाई लक्षित गरी ड्रोन आक्रमण हुँदा कम्तीमा १२ जना घाइते भएका छन् । आभा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणपछि विमानस्थलमा केही अंश खसेका थिए । यसअघि यमनका हुथी विद्रोहीले यस्तै आक्रमण गरेका थिए ।

साउदी अरबको राज्य सञ्चालित सञ्चारमाध्यम, साउदी प्रेस एजेन्सीले ट्वीटमार्फत् दिएको जानकारीमा भनिएको छ, ‘साउदी रक्षा फौजले आभा अन्तराट्रिय विमानस्थलतर्फ प्रक्षेपण गरिएको ड्रोन नष्ट गरेको छ ।’

सन्देशमा भनिएको छ, ‘गैर-सैनिक (नागरिक) विमानस्थल र यात्रुलाई खतराको प्रतिक्रिया दिन सुरक्षाकमी परिचालन गरिएको छ र हामी आगामी परिस्थितिको सामना गर्न दृढ कदम चाल्ने छौं ।’ यस आक्रमणका लागि यमनी हुथी विद्रोहीहरूलाई दोषी ठहर्‍याइ सकिएको पनि छैन र इरान समर्थित विद्रोहीले पनि तत्काल जिम्मेवारी पनि लिएको छैन ।

सन् २०१५ देखि साउदी नेतृत्वको गठबन्धनसँग लडिरहेका विद्रोहीले विमानस्थल र कच्चा तेल सङ्कलन केन्द्रलगायतका साउदी क्षेत्रलाई निशाना बनाउँदै बारम्बार ड्रोन आक्रमण गर्ने गरेका छन् । रासस/एएफपी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७