दाङ आगलागी : मृत्तक पाँचै जनाको खुल्यो पहिचान, शोकमा तुलसीपुर बजार


२८ माघ २०७८, शुक्रबार
28 Shares
dang

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका-५ ‘ङ’ लाइनस्थित एक घरमा आगलागी हुँदा मृत्यु भएका पाँचै जनाको पहिचान खुलेको छ । मृतकहरु ६ वर्षदेखि ४० वर्ष उमेर समूहका छन् ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका-५ का ४० वर्षीय नजरदिन अली, ६ वर्षीय आबिददिन अली, अन्दाजी १४ वर्षीया साजिदा खातुन, १४ वर्षकै हसन बकस र १७ वर्षीय मसिन बकस रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । शवहरू राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

उनीहरु घरमा सुतिरहेको बेला आज बिहान २ बजेतिर आगलागी शुरु भएको थियो । पाँचै जनाको धुवाँमा निसासिएर मृत्यु भएको प्रहरीले बताएको छ । आगो कम भएपछि साढे ७ बजेतिर शव बाहिर निकालिएको थियो । घरको तेस्रो तलाबाट ३ र चौथो तलाबाट २ जनाको शव निकालिएको हो ।

ncll 2

आगलागीमा एक जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको छ । विद्युतको मिटर पड्किंदा आगलागी भएको अनुमान छ । आगलागीबाट सोही घरमा रहेको इरम फुटवेयर चप्पल गोदाममा पनि क्षति भएको छ । आगो पूणर्रूपमा नियन्त्रणमा लिने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

jagdamba.cement

पहिलो तलाबाट आगलागी शुरु भएको र तेस्रो तला तथा दोस्रो तलामा सुतेका उनीहरुलाई आगो नियन्त्रणभन्दा बाहिर गएकाले उद्धार गर्न नसकेको बताइएको छ । अहिले पाँचै जनाको शव परीक्षणका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।

नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय, जनप्रतिनधिलगायत रातिदेखि उद्धारमा खटिए पनि आगो नियन्त्रण आउन नसक्दा मानवीय क्षति हुन पुगेको हो । यसैबीच पाँच जनाको निसासिएर मृत्यु भएपछि तुलसीपुर बजार शोकमा डुबेको छ । तुलसीपुर उद्योग वाणिज्य सङ्घले आज शोकमा एक दिन बजार बन्द गर्ने निणर्य गरेको सङ्घका महासचिव विनिल केसीले जानकारी दिए । रासस

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७