चोरिएको बालकुमारी मन्दिरको मूर्ति भेटिएपछि बाजागाजासहित अबिरजात्रा


२८ माघ २०७८, शुक्रबार
Balkumari Mai Murti 1

काठमाडौं । ललितपुर महानगरपालिका-२७ स्थित सुनाकोठीमा रहेको बालकुमारी मन्दिरबाट हराएको मूर्ति फेला परेको छ । खुमलटारस्थित करुणा मन्दिरको हातामा बिहान मूर्ति भेटिएको ललितपुरका एसएसपी यज्ञविनोद पोखरेलले जानकारी दिए ।

क्लासिक टावर पछाडिको मन्दिरमा बोरामा व्याक गरेको अवस्थामा शंकास्पद बस्तु भेटिएको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खोलेर हेर्दा मूर्ति भेटिएको छ । सो मूर्ति चोरीमा संलग्नहरुको खोज भइरहेको एसएसपी पोखरेलले बताए ।

murti.jpg jkjByBhO43 GVmqPnQfdg

माघ ९ मा मूर्ति हराएपछि ललितपुर परिसर र महानगरीय अपराध महाशाखाले त्यसबारे अनुसन्धान गरिरहेको थियो । पेसेवर चोरहरुलाई प्रहरीले पक्रेर सोधपुछ गरिरहेको छ । सुनाकोठीका वडा अध्यक्षले मूर्ति फेला पार्नेलाई ५ लाख दिने घोषणा गरेका थिए ।

मूर्ति भेटिएपछि सुनाकोठीवासीले बाजागाजासहित सिन्दुर जात्रा गरेका छन् । प्रहरीले आज बिहान खुमलटारस्थित करुणा मन्दिरमा मूर्ति फेला पारेर जावलाखेल ल्याएको थियो । मूर्ति भेटिएको समाचार सार्वजनिक भएलगत्तै सुनाकोठीवासी बाजागाजासहित जावलाखेल आएका थिए ।

प्रहरीले गुठीका प्रतिनिधिहरुलाई मूर्ति हस्तान्तरण गरेपछि स्थानीयले बाजागाजा र अबिर लगाइदिंदै खुशी साटेका छन् । उक्त मूर्तिलाई सुनाकोठी नै लगिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७