राप्रपा र राजतन्त्र दुबै परित्याग गरेका कमल थापा नयाँ दल दर्ताको तयारीमा


२८ माघ २०७८, शुक्रबार
77 Shares
kamal thapa

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीसँग राजतन्त्र परित्यागको घोषणा गरेका पूर्व उपप्रधानमन्त्री कमल थापाले नयाँ दल दर्ता गर्ने भएका छन् ।
थापा समूहको बिहीबार राजधानीमा बसेको बैठकले चाँडै दल दर्ता गर्न थापालाई जिम्मेवारी दिएको छ । ‘आज बसेको बैठकले थापालाई दल दर्ताको अधिकार दिएको छ,’ थापा निकट नेता राजाराम बर्तौलाले सुनाए । राजतन्त्र छाडेर अब हिन्दुत्व, सुशासन र समृद्धिको मुख्य एजेण्डा राखेर दल दर्ता हुन लागेको उनले जानकारी दिए ।

दल दर्ताका लागि निर्वाचन आयोगसँग परामर्श भइरहेको र दर्ताको क्रममा अरु तयारीहरु भइरहेको बर्तौलाले बताए । उनकाअनुसार ढिलोमा फागुनको पहिलो साताभित्र दल दर्ता भइसक्ने तयारी छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

बैठकमा थापाले पार्टीको नाम र चुनाव चिह्न प्रस्ताव गर्न सहभागीहरुलाई आग्रह गरेका थिए । ‘विभिन्न नामहरु प्रस्ताव भएको छ । धेरै साथीहरुले राष्ट्रिय एकता पार्टी नेपाल नाममा जोड दिएका छन् । विभिन्न चुनाव चिन्ह र विभिन्न नामहरुमा छलफल भइरहेको छ,’ बर्तौलाले भने ।

ncll 2

मंसिरमा सम्पन्न महाधिवेशनमा आफूलाई हराउने निर्मल निवासमाथि छानविन नगरेकोमा असन्तुष्टि जनाउँदै थापाले मंगलबार राप्रपा परित्यागको घोषणा गरेका थिए ।

jagdamba.cement

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७