सरकारी बिजनेस सभामुखले रोक्नु गलत : एमाले महासचिव पोखरेल


२८ माघ २०७८, शुक्रबार
shankar pokhrel 1

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता संसदमा टेलब गर्न नदिएको भन्दै सभामुख अग्नि सापकोटाको आलोचना गरेका छन् ।

महासचिव पोखरेलले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत एमसीसी भनेर नलेखे पनि उनले ‘सरकारी बिजनेस’ सभामुखले रोक्नु गलत भएको टिप्पणी गरेका हुन् । सभामुख सापकोटाले भने विवादित एमसीसीका विषयमा सर्वदलीय सहमति भएपछि मात्र प्रतिनिधि सभा बैठकमा प्रस्तुत गरिनुपर्ने अडान लिइरहेका छन् ।

‘सरकारी बिजनेस सभामुखले रोक्नु गलत हो । यो नेकपा एमालेले कारबाही गरेका १४ जना सांसदको सूचना सभामुखले लुकाए जस्तै हो’, एमाले महासचिव पोखरेलले लेखेका छन्, ‘गलतलाई गलत भनौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७