अवरुद्ध शहीद मार्गको रिका खण्ड पुनः सञ्चालन


२८ माघ २०७८, शुक्रबार
BR Khalanga Hiu Panchhaudai a1644075001

रुकुम पूर्व । गत सातादेखि हिमपातको कारण अवरुद्ध शहीद मार्ग सञ्चालनमा आएको छ । जिल्लाको पुथाउत्तरगङ्गा र भूमे गाउँपालिकाको सीमानामा पर्ने सो सडकको रिका खण्ड बिहीबारबाट सञ्चालन भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक गणेशबहादुर श्रेष्ठले अवरुद्ध शहीद मार्ग पुनः सञ्चालन आएको जानकारी दिए ।
वर्षेनी हिमपातका कारण शहीद मार्गको सो खण्डमा सडक अवरुद्ध हुने गर्छ । हिमपातकै कारण अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको लुकुम-पातीहाल्ना खण्ड भने अझै सञ्चालनमा आउन सकेको छैन । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७