मतपत्र च्यात्ने सपना नदेखे हुन्छ, एमालेले वहुमत ल्याउँछ : ओली


२८ माघ २०७८, शुक्रबार
kp oli yIQJU20zDh scaled 1

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आउँदो निर्वाचनमा नेकपा एमालेले बहुमत ल्याउने दाबी गरेका छन् । शुक्रबार स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उनले गएको स्थानीय चुनावमा पनि सत्ता गठबन्धनसँग चुनाव लडेर ४१.२८ प्रतिशत स्थानमा विजयी हासिल गरेको स्मरण गरे ।

सम्बोधनको क्रममा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई लक्षित गर्दै आसन्न निर्वाचनमा पनि बत्ति निभाएर, मतपत्र च्यातेर जित्ने सपना नदेख्न सुझाव दिए ।

‘अबको निर्वाचन बत्ति निभाएर, मतपत्र च्यातेर जित्ने सपना कसैले नदेखे हुुन्छ’, उनले भने, ‘भाग्ने उम्कने ठाउँ छ भने खोजे हुन्छ । संघीय र प्रदेश निर्वाचनमा हामी बहुमत ल्याउँछौं । गठबन्धन तोडेर होइन गठबन्धन रहँदै हामी बहुमत ल्याउँछौँ ।’

उनले पार्टी छोडेर माधव नेपाल नेतृत्वको नेकपा (एस) मा गएका नेता कार्यकर्ताहरूलाई पनि पार्टीमा फर्कन आग्रह गरे । ‘षडयन्त्रपूर्वक पार्टी विभाजन गरे पनि नेता कार्यकर्ता एमालेमा उभिएका छन् । विभाजनको असर दुई अंकमा भन्दा कमै रह्यो । केही साथीहरू भ्रममा परेर अरुतिर जानु भएको छ । पार्टीमा फिर्ता आउन आग्रह पनि गर्दछु’, उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७