‘ट्रम्प किम जोङसँग नियमित सम्पर्कमा छन्’


२८ माघ २०७८, शुक्रबार
trump kim

काठमाडौं । अमेरिकी पत्रकार तथा एक नयाँ किताबका लेखकका अनुसार अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प अहिले पनि उत्तर कोरियाका शासक किम जोङ उनसँग नियमित सम्पर्कमा छन् ।

पत्रकार मेगी हेबरमेनले आफ्नो किताबमा किम जोङ ट्रम्पको नियमित सम्पर्कमा रहने एक मात्र विदेशी नेता भएको उल्लेख गरेकी छन् । यद्यपि उनको यो दाबी थप अध्ययन हुन भने बाँकी छ । सन् २०१८ मा ट्रम्पले केही पत्र आदानप्रदान भएपछि किमसँगको सम्बन्ध राम्रो भएको बताएका थिए । यद्यपि उनले उत्तर कोरियासँग आणविक सम्झौता गराउन भने सकेनन् ।

आफ्नो नयाँ किताब ‘द कन्फिडेन्स मेन’को विषयमा कुरा गर्दै न्युयोर्क टाइम्सकी पत्रकार हेबरमेनले सीएनएनसँगको कुराकानीमा भनिन्, ‘जस्तो हामीलाई थाहा छ कि ट्रम्पको यो सम्बन्धसँग विशेष लगाव थियो ।’

‘उनी (ट्रम्प) जे भन्छन् र वास्तवमा के भइरहेको छ भन्ने कुरा सधैं जरुरी हुँदैन तर उनले मानिसहरुलाई आफूले किम जोङसँग कसरी पत्र आदानप्रदान वा वार्ता गरिरहेका छन् । भन्ने सन्देश दिइरहेका छन्’, उनले थपिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७