भालुको पित्त बेच्न हिंडेका लमजुङका व्यक्ति टोखाबाट पक्राउ


२८ माघ २०७८, शुक्रबार
pitta 5ecv7I0s9R

काठमाडौं । काठमाडौंको टोखाबाट संरक्षित वन्यजन्तु भालुको पित्तसहित एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा लमजुङको दोर्दी गाँउपालिका-८ खिन्चोक बस्ने वर्ष ३५ को मनबहादुर सिलुवाल क्षेत्री रहेका छन् ।

उनको साथबाट भालुको २४० ग्राम पित्त बरामद भएको प्रहरीले जनाएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा टोखा नगरपालिका-९ आनन्द टोल नजिकबाट उनलाई पक्राउ गरेको हो ।

उक्त आखेटोपहारसहित क्षेत्रीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय, हात्तीसार पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७