त्रिपुरेश्वर बस विसौनीसँगै आधुनिक शौचालय सञ्चालनमा


२८ माघ २०७८, शुक्रबार
91 Shares
toilet tripureshwar dyyjVcuBMh

काठमाडौं । काठमाडौँ महानगरपालिकाले त्रिपुरेश्वर बस विसौनीसँगै आधुनिक शौचालय सञ्चालनमा ल्याएको छ । एरोशानसँगको सहकार्यका निर्माण गरिएको शौचालय शुक्रबार महानगरका मेयर विद्यासुन्दर शाक्यले उद्घाटन गरेका हुन् ।

त्यस अवसरमा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, वडाध्यक्ष हीरालाल तण्डुकार, सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेत, एरोशानका नेपाल प्रतिनिधि प्रकाश अमात्यसहित पदाधिकारीहरु सहभागी रहेका थिए । पुरानो टिकट काउन्टर भएको ठाउँमा शौचालय निर्माण गरिएपछि बसबाट झर्ने वित्तिकै सुविधा भोग गर्न पाइने भएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

उद्घाटनपछि बोल्दै मेयर शाक्यले, दिगो विकासका लागि वातावरणमैत्री पूर्वाधार निर्माण र प्रविधियुक्त सहरी सेवा सुविधा वितरणमा प्रतिवद्ध रहेको बताए । ‘सहरमा सार्वजनिक शौचालय चाहिन्छ भन्ने माग छ । तर आफ्नो नजिक नबनाइदिनु भन्ने शर्त हुन्छ । त्यसैले हामीले काम गर्दा विवाद आउला कि, काम रोकिएला कि भनेर डराउनुपर्छ ।’

ncll 2

मेयर शाक्यले भने, ‘हामीले घना बस्तीकाबीच कसैलाई असर नहुने शौचालय बनाउने भनेका थियौँ। हामीले भनेको कुरा स्थापित गर्न केही समय लाग्यो। आज स्थापित भयो। हामीले बनाएका शौचालय दुर्गन्ध नआउने, शौचालय छ कि छैन थाहा नहुने खालका हुन्छन् । हामीले जे नीति लिएका थियौँ। आज क्रमशः कार्यान्वयनमा ल्याएका छौं । यसका लागि स्थानीयबाट प्राप्त भएको सहयोग अतुलनीय छ ।’

jagdamba.cement

काठमाडौं महानगरपालिकाले सार्वजनिक शौचालयको पहुँच बढाउन यस वर्ष व्यवसायीहरुसँग अघि बढ्ने नीति बनाएको छ । उनीहरुले आफ्नो प्रयोजनका लागि सञ्चालन गरेको शौचालय सर्वसाधारणलाई निःशुल्क प्रयोग गर्न दिएवापत् यस वर्ष व्यवसायीहरुलाई व्यवसाय करमा ५० प्रतिशत छुट पाउने छन् । त्यस्तै प्रत्येक वडामा कम्तीमा एउटा सार्वजनिक शौचालय बनाउने नीति लिएको छ ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७