कोरोना रोकथाममा पछिल्लो ६ महिनामा १० अर्ब खर्च


२८ माघ २०७८, शुक्रबार
Corona china khop ktm 4 1619625919
फाइल फोटो

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनामा कोरोना भाइरस संक्रमण रोकथामका लागि झण्डै १० अर्ब रुपैयाँ खर्च भएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस अवधिमा ९ अर्ब ६९ करोड २४ लाख रुपैयाँ कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा खर्च भएको छ । यसमध्ये संघीय सरकारले सबैभन्दा धेरै ७ अर्ब ७४ करोड ५३ लाख रुपैयाँ खर्च गरेको छ ।

७ वटा प्रदेशबाट एक अर्ब ८८ करोड ५ लाख रुपैयाँ खर्च भएको छ । स्थानीय तहबाट भने ६ करोड ६६ लाख रुपैयाँ खर्च भएको तथ्याङ्क अर्थ मन्त्रालयले सार्वजनिक गरेको छ । मन्त्रालयका अनुसार अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा भने कोरोना रोकथाममा १३ अर्ब ३१ करोड ४३ लाख रुपैयाँ खर्च भएको थियो ।

त्यसमा १० अर्ब ७३ करोड रुपैयाँ संघीय सरकारले खर्च गरेको तथ्याङ्क छ । गत आर्थिक बर्षमा प्रदेशले २ अर्ब २८ करोड ४७ लाख र स्थानीय सरकारले २९ करोड ७८ रुपैयाँ खर्च गरेको अर्थ मन्त्रालयको तथ्याङ्क छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७