हुम्लामा हावाहुरीले हवाई सेवा अवरुद्ध


२८ माघ २०७८, शुक्रबार
Humla simikot airport 5OwzmZIr1H

हुम्ला । हुम्लामा हावाहुरीका कारण हवाई सेवा अवरुद्ध भएको छ । हावाहुरी चल्दा शुक्रबार बिहानदेखि कुनै पनि उडान हुन नसकेको सिमकोट विमानस्थलले जनाएको छ ।

केही दिनअघि परेको बाक्लो हिउँ पग्लिएर विमानस्थलमा जम्मा हुने गरेकाले पनि असहज भएको बताइएको छ । घाम लागेपछि दिनहुँ बिहान १०/११ बजेपछि मात्र उडान हुँदै आएकोमा शुक्रबार हावाहुरी चल्दा हवाई सेवा अवरुद्ध हुन पुगेको हो ।

नेपालगञ्जबाट हुम्लाका लागि उडान भरेका सीता, समिट र तारा एयरका जहाज सिमकोटको आकासमा पुगेर पनि फिर्ता भएको विमानस्थल श्रोतले जानकारी दिएको छ । विमानस्थलमा अवतरण गर्ने क्रममा एक्कासी हावाहुरी चल्दा जहाज नेपालगञ्ज नै फिर्ता भएका छन् ।
नेपालगञ्जबाट हुम्ला पुग्न जहाजलाई करिब ४५ मिनेट समय लाग्छ । हवाई उडान नहुँदा दैनिक उपभोग्य सामग्री ढुवानी रोकिएको छ । यात्रु सिमकोटमै अलपत्र परेका छन् । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७