३२ सह-सचिवको सरुवा, को कहाँ पुगे ? (सूची)


२८ माघ २०७८, शुक्रबार
sanghiya संघीय स्थानिय विकास तथा सामान्य प्रशासन मन्ज्ञालय 2 1

काठमाडौं । सरकारले ३२ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रीस्तरीय निणर्यबाट आज सहसचिवहरुको सरुवा गरेको हो ।

मन्त्रालयले जारी गरेको सूचनाअनुसार अर्थ मन्त्रालयमा नयाँ सहसचिवहरु आएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट टंकप्रसाद पाण्डे अर्थ मन्त्रालयमा आएका छन् । गृहबाट राजेश्वर ज्ञवाली, प्रदेश-१ को लोकसेवाबाट यज्ञराज कोइराला, सुदूरपश्चिम प्रदेशबाट ढुण्डीप्रसाद निरौला अर्थ मन्त्रालय तथा मातहतको निकायमा सरुवा भएका छन् ।

अर्थ मातहतको आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेल संघीय मामिला मन्त्रालयको अतिरिक्त सेवामा सरुवा भएका छन् । केही दिनअघि मात्रै अर्थ मातहतकै भन्सार विभागबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त सेवामा सरुवा भएका नारायण प्रसाद सापकोटा गृह मन्त्रालय पुगेका छन् ।
हेर्नुस् को कहाँ पुगे ?

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७