हङकङले नेपालसहित आठ देशको उडानमा लगायो प्रतिबन्ध


२८ माघ २०७८, शुक्रबार
Hongkongbannepalflight1 20220211103717

काठमाडौं । हङकङले शुक्रबार नेपालसहित आठ मुलुकको हवाइ उडानमा प्रतिबन्ध लगाएको छ । आगामी मार्च ४ सम्म लागू हुनेगरी हङकङले नेपालसहित अन्य आठ मुलुकको उडान प्रतिबन्ध थप गरेको हो ।

कोभिड-१९ प्रतिबन्धअन्तर्गत हङकङले नयाँ प्रतिबन्ध लगाएको हो । जसमा नेपाल, अमेरिका, बेलायत, अष्ट्रेलिया, भारत, क्यानडा, फ्रान्स, पाकिस्तान र फिलिपिन्स छन् ।

यी मुलुकबाट हङकङ पुग्ने उडानमाथि सो प्रतिबन्ध लगाएको हो । कोरोना संक्रमण नियन्त्रणको नाममा हङकङले यतिबेला ९० प्रतिशत मात्र उडान रद्द गरेको छ भने अत्यावश्यक कामका लागि बाँकी १० प्रतिशत उडान मात्र सञ्चालन रहेको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७