२४ साना दलले बनाए ‘चुनाव चिन्ह संघर्ष समिति’


२०७८ माघ २८ शुक्रबार ०७:०३ बजे

काठमाडौं । स्थानीय तहको निर्वाचनमा चुनाव चिन्ह नदिने कानूनी व्यवस्थाविरुद्ध विवेकशील साझा पार्टीसहित २४ दलले आन्दोलन गर्ने भएका छन् । राष्ट्रिय मान्यता प्राप्त नगरेका राजनीतिक दलहरूलाई निर्वाचनमा चुनाव चिन्ह नदिने निर्वाचन आयोगको निणर्यविरुद्ध आन्दोलन गर्न ‘चुनाव चिन्ह संघर्ष समिति’ बनाएका हुन् । आयोगले ६ दललाई मात्र चुनाव चिन्ह दिने बताउँदै आएको छ ।

विवेकशील साझा पार्टीको केन्द्रीय कार्यालयमा शुक्रबार बसेको बैठकले निर्वाचन आयोगमा दर्ता भएर सम्पूणर् विधि प्रक्रिया पूरा गरेका दलहरूलाई स्थानीय निर्वाचनमा पार्टीको चुनाव चिन्ह प्रयोग नदिने कानूनी व्यवस्था अन्यायपूणर् भएको ठहर गरेको छ ।

बैठकले सबै दलहरूले समान रूपमा आफ्नो दलको चुनाव चिन्ह स्थानीय निर्वाचनमा प्रयोग गर्न पाउनुपर्ने विषयमा यसअघि भएका सामुहिक संघर्ष तथा पहलकदमीको समेत अपनत्व लिँदै चुनाव चिन्ह संघर्ष समिति गठन गरि तुरुन्तै दबाबमूलक कार्यक्रमहरू आयोजना गर्ने निणर्य गरेको छ ।

विवेकशील साझा पार्टी, नेपाल विवेकशील पार्टी, नेपाल परिवार दल, आमूल परिवर्तन मसिहा पार्टी, एकीकृत शक्ति नेपाल, जनजागरण पार्टी नेपाल, जनता समाजवादी पार्टी नेपाल, नेपाल आमा पार्टी, नेपाल दलित पार्टी, नेपाल परिवार दल, नेपाल विवेकशील पार्टी, नेपाल संघीय समाजवादी पार्टीलगायत दल आन्दोलनमा जाने निणर्य गरेका हुन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७