कार्यकर्ता रिहा गर्न गृहमन्त्री खाँणलाई जनमत पार्टीको आग्रह


२८ माघ २०७८, शुक्रबार
Jnaam1644580016

काठमाडौं । सीके राउतको जनमत पार्टीका नेताहरूले गृहमन्त्री बालकृष्ण खाणसँग भेटवार्ता गरेका छन् । जनमत पार्टीका पक्राउ परेका नेता-कार्यकर्ताको रिहाइको माग गर्दै जनमत पार्टीका उपाध्यक्ष नरेन्द्र चौधरी र महासचिव चन्दन सिंहले भेटवार्ता गरेका हुन् ।

शान्तिपूणर् आन्दोलनमा गिरफ्तार गरी लगाइएको मुद्दा फिर्ता गर्न र गिरफ्तार गरिएका नेता कार्यकर्ताको रिहाइ गरिनुपर्ने उनीहरूको माग थियो । गृहमन्त्री खाँणले भने यथार्थ बुझेर निणर्य गर्ने गर्ने भन्दै नागरिकको जीवनरक्षा र मौलिक अधिकार प्रत्याभूत गर्नु सरकारको कर्तव्य भएको बताएका छन्

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७