१६ जिल्लामा फागुन १३ गते कांग्रेस अधिवेशन


२८ माघ २०७८, शुक्रबार
sanepa congress

काठमाडौं । नेपाली कांग्रेसले अधिवेशन गर्न बाँकी रहेका १६ जिल्ला अधिवेशन आगामी फागुन १३ गते गर्ने भएको छ ।

कांग्रेस निर्वाचन समितिले १६ जिल्ला अधिवेशन फागुन १३ गते गर्ने निणर्य गरेको निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए । यदि पहिलो चरणमा जिल्ला सभापति निर्वाचनको परिणाम आउन सकेन भने १४ गते गर्ने उनले बताए। कांग्रेस सभापतिमा निर्वाचित हुन कम्तिमा ५० प्रतिशत र १ मत ल्याउनुपर्ने प्रावधान छ ।

त्यस्तै बाँकी रहेका पालिका र वडाहरुको निर्वाचन फागुन १० गते गर्ने उनले बताए । फागुन १५ गतेसम्म १४ औँ अधिवेशनको सम्पूर्ण प्रक्रिया पुरा गर्ने उनले जानकारी दिए ।

congress 078 10 28 wyYs57wiqM

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७