हत्या आरोपमा अघोरी बाबा पक्राउ


२८ माघ २०७८, शुक्रबार
aghori baba aK0INCHu1V

काठमाडौं । एक व्यक्तिको हत्या आरोपमा आफूलाई अघोरी बाबा बताउने शिव गिरी पक्राउ परेका छन् । नाम, ठेगाना नखुलेका अन्दाजी ४० वर्षीय पुरुषको हत्या अभियोगमा गिरीलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए ।

दक्षिणकाली नगरपालिका-६ फर्पिङमा बस्ने ३५ वर्षीय गिरीले चिर्पटले हानेर हत्या गरेको प्रहरीले जनाएको छ । अघोरीको चिर्पट प्रहारबाट गम्भीर घाइते भएका व्यक्तिको मनमोहन स्मृति अस्पतालमा उपचार हुन नसकेपछि वीर ल्याइएको थियो । शुक्रबार बिहान वीर अस्पतालमा उनको ज्यान गएको हो ।

इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको टोलीले अघोरीलाई पक्राउ गरेको र प्रहरी बृत्त कीर्तिपुरबाट कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अगाडि बढाइएको एसपी मैनालीले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७