निर्वाचन तयारी : दुवै प्रहरीमा केन्द्रीय निर्वाचन सेल गठन


२९ माघ २०७८, शनिबार
police 2

काठमाडौं । स्थानीय निर्वाचनको सुरक्षा संयोजनका लागि सुरक्षा निकायले तयारी तीव्र बनाएका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले केन्द्रीय सुरक्षा सेल गठन गरेका छन् ।

नेपाल प्रहरीमा कार्य विभागका प्रमुख एआइजी सहकुलबहादुर थापाको नेतृत्वमा बिहीबार सेल गठन भएको छ । प्रहरी निर्वाचनको सुरक्षा तयारीमा लागिसकेको र त्यसका लागि केन्द्रीय निर्वाचन सेल गठन गरिएको प्रहरी प्रवक्ता एसएसपी विष्णुबहादुर केसीले बताए ।

सुरक्षा, म्यादी प्रहरीको भर्ना, बजेट तथा आवश्यक बन्दोबस्तीका सामानका लागि अन्य तीन उपसमितिसमेत गठन गरिएका छन् । गृह मन्त्रालयले सुरक्षा निकायलाई निर्वाचन सुरक्षा योजना पेस गर्न निर्देशन दिइसकेको छ । जसअनुसार प्रहरी निर्वाचनको तयारीमा जुटेको छ ।

सशस्त्र प्रहरीले कार्य तथा सीमा सुरक्षा विभागका डिआइजी कालिदास धौवजीको नेतृत्वमा निर्वाचन सेल गठन गरेको छ । निर्वाचनमा सशस्त्र प्रहरी सहयोगी भूमिकामा खटिनेछ । मतदान केन्द्रको बाहिरी घेरामा सशस्त्र प्रहरी खटिनेछ ।

गृह मन्त्रालयले निर्वाचनका लागि नेपाल प्रहरीले १३ अर्ब ३४ करोड तथा सशस्त्र प्रहरीले तीन लाख ५७ बजेट माग गरेको छ । सुरक्षाका लागि आवश्यक बजेट गृहले शुक्रबार अर्थ मन्त्रालयसँग माग गरिसकेको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७