फागुन १ देखि विद्यालय सञ्चालन गर्ने ललितपुर महानगरपालिकाको निर्णय


२९ माघ २०७८, शनिबार
lalitpur mahanagar

ललितपुर । ललितपुर महानगरपालिकाले फागुन १ (आइतबार) देखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ ।
कोरोना संक्रमणको तेस्रो लहर शुरु भएपछि बन्द गरिएका विद्यालय फागुन १ देखि पुनः सञ्चालन गर्ने निणर्य भएको ललितपुर महानगरपालिकाले जनाएको छ ।

विश्वविद्यालय, विद्यालय, कलेज, ट्युसन सेन्टरलगायतका शैक्षिक क्रियाकलाप जनस्वास्थ्यको मापदण्ड पालन गरी फागुन १ देखि सञ्चालन गर्ने महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख महेन्द्रबहादुर क्षेत्रीले जानकारी दिए ।

महानगरले विद्यालय सञ्चालन गर्दा १२ वर्ष उमेर पुगेका विद्यार्थीको हकमा नियमित र १२ वर्ष पूरा नभएका विद्यार्थीको हकमा विद्यार्थी संख्या विचार गरी आलोपालो वा सिफ्ट प्रणालीका आधारमा कक्षा सञ्चालनको व्यवस्था मिलाउनुपर्ने जनाएको छ ।

l

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७