नारायणघाट-बुटवल सडक : स्वीकृतिभन्दा पाँच सय गुणा बढी रुख कटान


२९ माघ २०७८, शनिबार
35 Shares
tree felling 762

बुटवल । दुई प्याकेजमा विस्तार भइरहेको नारायणघाट-बुटवल सडक खण्डमा स्वीकृत डीपीआरमा उल्लेख भएभन्दा चारदेखि पाँच सय गुणा बढी संख्यमा रुख कटान गरिएको छ ।

प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समितिको शुक्रबारको बैठकमा प्रस्तुत गरिएको विवरणअनुसार पहिलो चरणमा ५७६ र दोस्रो चरणमा ४४० प्रतिशत बढी रुख काटिएको पाइएको हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

बैठकले बढी रुख काट्न स्वीकृति दिनेमाथि कारबाही गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ । बैठकका निणर्यबारे जानकारी दिँदै समितिका सभापति कल्याणीकुमारी खड्काले आवश्यकताभन्दा बढी रुख काटिएकाले आयोजनाको काम नै प्रभावित हुन पुगेको ठहर भएको बताए ।

ncll 2

उनले डीपीआरभन्दा गलत आँकडा पेस गर्ने र उक्त कार्यलाई स्वीकृत गर्ने पदाधिकारीहरूमाथि १५ दिनभित्र छानबिन गरी त्यसको प्रतिवेदन समितिमा उपलब्ध गराउनसमेत सरकारलाई निर्देशन दिने निणर्य गरेको जानकारी दिए । गोरखापत्र दैनिकबाट

jagdamba.cement

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७