झापाको चाउचाउ उद्योगमा भीषण आगलागी


२९ माघ २०७८, शनिबार
thumb 6

झापा । झापाको मेचीनगर-१४ दुहागढीस्थित एक चाउचाउ उद्योगमा भीषण आगलागी भएको छ । मनसा फुडद्वारा उत्पादित मगमग चाउचाउ उद्योगमा शनिबार बिहान ५ बजेदेखि आगो लागेको प्रहरीले जनाएको छ ।

बिजुली सट भएर आगो लागेको प्रहरीले आशंका गरेको छ । भद्रपुर, बिर्तामोडलगायतका पालिकाका दमकलले आगो निभाउने प्रयास गर्दैछन् । बिग्रिएर थन्किएका कारण मेचीनगरको दमकल भने छैन । इलाम, मोरङ र सुनसरीबाट पनि दमकल आउँदै गरेको प्रहरीले जनाएको छ । आगलागीबाट के-कति क्षति भयो विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७