‘ए’ डिभिजन लिग : आज तीन खेल हुँदै


२९ माघ २०७८, शनिबार
football

काठमाडौं । कतार एयरवेज शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज (शनिबार) तीन खेल हुँदैछन् । शनिबार दिउँसो १ बजे एन्फा कम्प्लेक्समा नेपाल पुलिस र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

अहिलेसम्म नेपाल पुलिस क्लबले ९ खेलबाट १० अंक जोडेको छ भने सातदोबाटोले समान खेलबाट १२ अंक हात पारेको छ । सोही समयमा दशरथ रंगशालामा मछिन्द्र र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

लिगको शीर्ष स्थानमा रहेको मछिन्द्रले ९ खेलबाट २३ अंक जोडेको छ । लिगको पुछारमा रहेको च्यासलले भने ९ खेलबाट ५ अंक हात पारेको छ । त्यस्तै पौने ५ बजे दशरथ रंगशालामा नै मनाङ मर्स्याङ्दी र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । मनाङले ९ खेलबाट १९ अंक जोडेको छ भने थ्री स्टारले समान खेलबाट १६ अंक हात पारेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७