ताप्लेजुङ र सोलुखुम्बुका सीडीओ फेरिए


२९ माघ २०७८, शनिबार
griha home

काठमाडौं । सोलुखुम्बु र ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका छन् । गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलका अनुसार सोलुखुम्बुमा अनिल खनाल सीडीओ बनेर गएका छन् भने सोलुखुम्बुमा कार्यरत गणेश विक्रम शाहीलाई त्यहाँबाट सरुवा गरेको छ ।

ताप्लेजुङमा महेश पोखरेललाई सीडीओ बनाएर पठाइएको छ । यसअघि पोखरेल सुनसरीको सहायक प्रमुख जिल्ला अधिकारी थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७