होटलमा अवैध यौन क्रियाकलाप गरेको आरोपमा तीन युवती र दुई पुरुष पक्राउ


२९ माघ २०७८, शनिबार
pakrau
सांकेतिक तस्विर

चितवन । अवैध यौनजन्य क्रियाकलापमा संलग्न भएको आरोपमा प्रहरीले चितवनबाट दुई युवती र तीन पुरुषलाई पक्राउ गरेको छ ।
नारायणगढको लायन्स चोकस्थित कल्पना होटल एण्ड लजबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पक्राउ पर्नेमा भारतको बिहार घर भई हाल भरतपुर महानगरपालिका-२ मा डेरा गरी बस्ने मोहम्मद इम्तियाज, भरतपुर महानगरपालिका-१ बस्ने सन्जोग महरा, नवलपरासीको बौदिकाली गाउँँपालिका-६ की मुस्कान ठकुरी, भरतपुर महानगरपालिका-७ की रोशनी मगर र नवलपरासीको देवचुली नगरपालिका-२ घर भएकी कल्पना महरा छिन् ।

महरा होटलकी सञ्चालिका भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । होटलमा अवैध यौन क्रियाकला भइरहेको सूचनाको आधारमा पुगेको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुमाथि अदालतबाट म्याद थप गरेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७