दाङमा जन्ती बोकेको जीप दुर्घटना : २२ घाइतेमध्ये तीन जनाको अवस्था गम्भिर


२०७८ माघ २९ शनिबार ११:११ बजे

दाङ । दाङको चिसापानीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भिर रहेको प्रहरीले जानकारी दिएको छ ।

घाइते सबैको लमहीमा उपचार भइरहेको छ । भारत उत्तर प्रदेशको शंकरपुरबाट दाङको राजपुर खरदरियामा दुलही लिन आउँदै गरेको जीप गए राति गढवा गाउँपालिका-५ चिसापानीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७