पुलबाट खसेर मृत्यु


२०७८ माघ २९ शनिबार ०७:५५ बजे

मोरङ । पुलबाट खसेर मोरङको जहदा गाउँपालिकाका एक जना पुरुषको मृत्यु भएको छ । शुक्रबार साँझ जहदा गाउँपालिका-४ स्थित लोहन्द्रा खोलाको पुलबाट खसेर सोही वडाका ३५ वर्षीय राजेश ऋषिदेवको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार विराटनगर-राम चोक पक्की सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ साइकलमा जाँदा पक्की पुल तर्ने क्रममा लडेर पौने ७ बजेतिर पुलबाट तल खसेका थिए ।

पुलबाट तल खसेर घाइते भएका ऋषिदेवको राति पानै ८ बजेतिर उपचारका क्रममा विराटनगरस्थित कोसी अस्पतालमा मृत्यु भएको डिएसपी श्रेष्ठले बताए । ऋषिदेवले मदिरा सेवन गरेर खोला तर्ने क्रममा अनियन्त्रित भई पुलबाट खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । साइकल पुलमै भेटिएको थियो । साइकल सीमा प्रहरी चौकी पोखरियाको नियन्त्रणमा छ । प्रहरीले घटनाका बारेमा अनुसन्धान थालिएको डिएसपी श्रेष्ठ बताए ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७