विद्यालयको शौचालयको सेफ्टी ट्यांकीमा डुबेर बालकको मृत्यु


२९ माघ २०७८, शनिबार
child death

मोरङ । मोरङको सुनवर्षीमा शौचालयको सेफ्टी ट्यांकीमा डुबेर एक नाबालकको मृत्यु भएको छ । सुनवर्षी नगरपालिका-९ भेडुवाथानमा रहेको बीपी आधारभूत विद्यालयको शौचालयको सेफ्टी ट्यांकीमा डुबेर स्थानीय सन्तोषकुमार दासका ३ वर्षका छोरा खेमको मृत्यु भएको हो ।

विद्यालयले ६ महिनादेखि खुलै छाडेको हजमा बालक डुबेका हुन् । लापरबाहीपूणर् तरिकाले खुला छाडेको महिला शौचालयको सेफ्टी ट्यांकीमा डुबेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए । उनका अनुसार शौच गर्न आमा जमुनादेवी दास गएपछि ३ वर्षे बालक पनि पछ्याउँदै गएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

नाबालकले लगाएको एउटा चप्पल शौचालयको सेफ्टी ट्यांकीभित्र र अर्को बाहिर भेटिएको थियो । त्यसपछि सेफ्टी ट्यांकीभित्र छिरेको आशंकामा खोजी सुरु गरिएको थियो । खोजीकै क्रममा सेफ्टी ट्यांकीभित्र डुबेर घाइते भएको अवस्थामा नाबालकलाई फेला पारिएको श्रेष्ठले बताए । त्यसपछि उपचारका लागि रंगेली अस्पताल भर्ना गरिएको थियो । डीएसपी श्रेष्ठका अनुसार दिउँसो ४ः४५ बजेतिर सेफ्टी ट्यांकीभित्रबाट गम्भीर घाइते अवस्थामा बाहिर निकालिएका नाबालकको उपचारका क्रममा साँझ ७ बजेतिर उपचारकै क्रममा मृत्यु भएको हो । उनले घटनाको थप अनुसन्धान थालिएको जानकारी दिए ।

नाबालकका अभिभावक विद्यालयभन्दा बाहिर चिया पसल गर्थे । वरपर अरू केही पसल पनि सञ्चालनमा छन् । नजिकै एउटा सार्वजनिक शौचालय पनि छ । तर, सार्वजनिक शौचालय छाडेर पसल सञ्चालकहरूले विद्यालय परिसरभित्रै रहेको शौचालयको प्रयोग गर्दै आएको वडाध्यक्ष कमलकिशोर सिंहले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७