सत्ता गठबन्धनका देउवा, प्रचण्ड र माधव नेपालबीच भेटवार्ता हुँदै


२०७८ माघ २९ शनिबार ०७:१२ बजे

काठमाडौं । सत्ता-साझेदार दलका तीन शीर्ष नेता शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालबीच आज बालुवाटारमा छलफल हुँदैछ ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति देउवा, नेकपा (माओवादी केन्द्र) का प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच एमसीसी, स्थानीय चुनवालगायतका विषयमा छलफल हुने बताइएको छ ।

अमेरिकाले फेब्रुअरी अन्तिमभित्र जसरी पनि एमसीसी पारित गर्न दबाब दिइरहेको छ । तर, यसबारे सत्तारुढ गठबन्धनमा नै मतभेद रहेको छ । कांग्रेस एमसीसी पारित गर्ने पक्षमा रहेको छ भने माओवादी र एकीकृत समाजवादी संशोधनसहित एमसीसी पारित गर्नुपर्ने बताउँदै आइरहेको छ ।

आगामी प्रतिनिधि सभा बैठकमा सरकारले एमसीसी टेबल गर्ने तयारी गरिरहेको र यसैका लागि गठबन्धनमा सहमति खोजिरहेको बुझिएको छ । संसदबाट अविलम्ब एमसीसी पारित गराउन अमेरिकी विदेश सहायकमन्त्री डोनाल्ड लुले नेपालका शीर्ष नेताहरूसँगको फोन संवादका क्रममा व्यक्त गरेको धम्कीपूणर् भाषाले थप तरङ्ग ल्याएका बेला सत्ता गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुट्न लागेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७