एमसीसीबारे देउवा, प्रचण्ड र माधव नेपालबीच बालुवाटारमा छलफल


२९ माघ २०७८, शनिबार
deuba prachanda nepal

काठमाडौं । अमेरिकी सहायता परियोजना (एमसीसी) का कारण राजनीतिक तरङ्ग उठिरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल छलफलमा जुटेका हुन् ।

उनीहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको प्रधानमन्त्री देउवाका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिएका छन् ।
तीनै शीर्ष नेताबीच अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता संसद्मा लग्ने विषयमा छलफल भइरहेको छ । सत्तारुढ गठबन्धनका कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) एमसीसी सम्झौताको पक्षमा छन् ।

त्यस्तै, सत्तारुढ गठबन्धनकै माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा एमसीसी सम्झौताको विपक्षमा उभिएका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) भने एमसीसी सम्झौताको पक्षमै रहेको छ ।

यसलाई संसद्मा पेश गर्ने विषयमा विवाद चलिरहेको छ । कांग्रेस, एमाले र जसपा नेताहरू संसद्बाटै टुंगो लगाउनुपर्नेमा जोड दिँदै आएका छन् । तर, माओवादी, एकीकृत समाजवादी र जनमोर्चा भने संसद्मा पेश गर्न नहुने अडानमा छन् । यस विषयमा सहमति गर्न प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपाल छलफलमा जुटेका हुन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु भएको बैठक एमसीसी, स्थानीय निकायको निर्वाचन, चुनावी गठबन्धनलगायत विषयमा केन्द्रीत हुने बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७