लिबियामा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदली-बदली


२९ माघ २०७८, शनिबार
28 Shares
nepal army 3oZVKeJoih

काठमाडौं । लिबियामा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली शुरु भएको छ । शनिबार लिबियामा तैनाथ स्पेशल गार्ड युनिट (शान्ति सेना) तेस्रो डफ्फालाई बदली गर्नको लागि स्पेशल गार्ड युनिट (शान्ति सेना) चौथो डफ्फाको पहिलो फ्लाइटमा प्रमुख सेनानी नन्तबहादुर सिंहको नेतृत्वमा ७० जना नेपाली शान्ति सैनिक त्यसतर्फ प्रथान गरेको छ ।

युएन चार्टर्ड फ्लाइट नेपाल एयरलाइन्समार्फत काठमाडौँबाट मिशन ईलाकातर्फ प्रस्थान गरेको सेनाले जनाएको छ । कोभिड-१९ महामारीका बाबजुद पनि शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप अदली बदलीको दौरानमा सम्पुणर् स्वास्थ्य सुरक्षा सतर्कता अपनाईएको सेनाले जनाएको छ । संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ नेपाली सेना विभिन्न मिसनहरुमा सहभागी हुँदै आएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

ncll 2
प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७