करेन्ट लागेर एक युवकको मृत्यु, एक सिकिस्त


२०७८ माघ २९ शनिबार ०७:०५ बजे

सर्लाही । सर्लाहीमा शनिबार करेन्ट लागेर एक युवकको मृत्यु भएको छ भने एक जना सिकिस्त भएका छन् । मृत्यु हुनेमा बागमती नगरपालिका-८ बस्ने २५ वर्षका रामु महतो रहेको प्रहरीले जनाएको छ ।

नगरपालिकाको वडा नम्बर-२ बस्ने कुमार परियारको घरको छत ढलानको लागि रड सेटिङ गर्ने क्रममा घर छेउमा रहेको बिजुलीको तारमा रडले छुदा उनलाई करेन्ट लागेको हो ।

करेन्ट लागेर सिकिस्त भएका उनलाई स्थानीय अस्पतालमा लगिए पनि चिकित्सकले मृत घोषणा गरेको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए । करेन्ट लागेका रामुलाई बचाउने क्रममा २१ वर्षका दीपककुमार महतोलाई पनि करेन्ट लागेको र उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७