कोरोनाबाट भेरी अस्पतालमा थप एकको ज्यान गयो


२९ माघ २०७८, शनिबार
veri hospital

बाँके । कोरोना संक्रमणबाट बाँकेमा थप एक जनाको ज्यान गएको छ । भेरी अस्पतालमा उपचारका क्रममा नेपालगञ्ज उपमहानगरपालिका-९ निवासी ८४ वर्षीय पुरुषको ज्यान गएको हो ।

यही माघ १८ गते भेरी अस्पतालमा पिसिआर परिक्षण गर्दा उनलाई कोरोना संक्रमण पुष्टी भएको थियो । कोरोना पुष्टी भएपछि भोलिपल्ट उनी भेरी अस्पतालमा भर्ना भएका थिए । स्वास्थ्यमा कुनै सुधार नआएपछि गए राति साढे १० बजेतिर ज्यान गएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

ज्यान गुमाएका वृद्धले कोभिड सिल्डको दुबै मात्रा खोप पनि लगाएको उनले बताए । योसँगै बाँकेमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३५० पुगेको छ । यस्तै बाँकेमा उपचारका लागि बाहिरी जिल्लाबाट आएका ४४४ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७