युक्रेन दूतावासका कर्मचारीको उद्धार गर्ने तयारीमा अमेरिका


२९ माघ २०७८, शनिबार
Us embassy

काठमाडौं । रुसले युक्रेनमाथि आक्रमण गर्न सक्ने जोखिम बढेको भन्दै अमेरिकाले युक्रेनस्थित दूतावासबाट आफ्न कर्मचारीको उद्धार गर्ने तयारी गरेको छ । पश्चिमा गुप्तचर संस्थाहरुले निरन्तर रुसले युक्रेनमाथि आक्रमण गर्ने सम्भावना उच्च रहेको बताइरहेको अवस्थामा अमेरिकाले यस्तो तयारी गरेको हो ।

शनिबार अमेरिकाको विदेशमन्त्रालयले योजना सार्वजनिक गर्दै युक्रेनको दूतावासमा रहेका सबै कर्मचारीले मुलुक छाड्नु पर्ने हुन सक्ने बताएको हो । यद्यपि विदेश मन्त्रालयले यस विषयमा थप प्रतिक्रिया भने दिएको छैन ।

यसअघि अमेरिकी विदेशमन्त्रालयले किभमा रहेको दूतावासको कर्मचारीको परिवारलाई मुलुक छाड्न निर्देशन दिएको थियो । स्रोतका अनुसार केही अमेरिकी कर्मचारीहरु युक्रेनको सुदूर पश्चिमी क्षेत्रमा सार्ने तयारी गरिएको छ ।

अमेरिकाले युरोपमा तैनाथ गरिएका सैनिकको संख्या पनि बढाएको छ । रुसले भने अमेरिकाले अनावश्यक तनाव उत्पन्न गराइरहेको अरोप लगाएको छ । उसले आफ्नो युक्रेनमाथि आक्रमणको कुनै योजना नरहेको बताउँदै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७