सप्तरी र सिरहाबाट हराएका दुई बालबालिका जनकपुरमा भेटिए


२९ माघ २०७८, शनिबार
bepata

सप्तरी । प्रहरीले हराएका दुई बालबालिकालाई धनुषाको जनकपुरबाट फेला पारेर अभिभावकको जिम्मा लगाएको छ । सिरहाको बरियारपट्टी गाउँपालिका-२ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका-१४ मनिपालबाट हराएका दिपिका दासका पाँच वर्षीय छोरा दीक्षान्त र सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-५ का बुधनु मुखियाकी ६ वर्षीया छोरी सोनीकुमारीलाई जनकपुरमा फेला पारी अभिभावकको जिम्मा लगाइएको हो ।

दीक्षान्तलाई जनकपुरधाम-९ स्थित थापा चौकबाट र सोनीलाई जनकपुरधामस्थित पुलचोकमा शुक्रबार फेला पारी अभिभावकको जिम्मा लगाएको धनुषाका प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

दीक्षान्त घर नजिकैबाट र सोनी जनकपुरधामस्थित जानकी मन्दिरबाट हराएको सूचना पाएलगत्तै प्रहरीले खोजतलास सुरु गरेको थियो । साना बच्चा हराउने क्रम बढेको भन्दै प्रहरीले सचेतना अपनाउन अपिल गरेको छ । बिहीबार प्रहरीले बच्चा चोरीको आरोपमा तीन जनालाई पक्राउ गरेको थियो । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७