नेपाललाई यूएईले दियो १९३ रनको विशाल लक्ष्य


२०७८ माघ २९ शनिबार ०७:५१ बजे

काठमाडौं । चार देशीय ट्वान्टी-२० क्रिकेट श्रृंखलाको दोस्रो खेलमा संयुक्त अरब एमिरेट्स यूएईले नेपालसामु १९३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १९२ रन बनायो । यूएईका लागि चिराग सुरीले ५ चौका र ५ छक्का सहित सर्वाधिक ८४ रन बनाए । त्यस्तै, रोहन मुस्तफाले ४९ तथा मुहम्मद वसिमले २२ रनको योगदान दिए । नेपालका लागि शहाब आलम, आरिफ शेख र कप्तान सन्दीप लामिछानेले १-१ विकेट लिए ।

श्रृङ्खलाको पहिलो खेलमा नेपालले शुक्रबार ओमानलाई ६ विकेटले पराजित गरेको थियो । आईसीसी टी-२० विश्वकपको ग्लोबल छनोटको तयारीका लागि नेपाल, ओमान, यूएई र आयरल्यान्ड चार देशीय श्रृङ्खलामा सहभागी छन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७