गठबन्धन जोगाउने नाममा एमसीसी पास हुँदैन : सामाजिक विकासमन्त्री राई


२०७८ माघ २९ शनिबार ०७:०४ बजे

खोटाङ । प्रदेश-१ का सामाजिक विकास मन्त्री राजन राईले गठबन्धन जोगाउने नाममा एसीसी पास गर्न नहुने बताएका छन् ।
नेकपा (एकीकृत समाजवादी) पार्टी खोटाङले शनिबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्माको शुभम-फाउण्डेसनमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री राईले गठबन्धन जोगाउन भरमग्दुर प्रयास गर्ने तर यसैका लागि एमसीसी पास नगरिने स्पष्ट पारे ।

नेकपा (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य राईले वर्तमान गठबन्धन टुटे पनि यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा आफ्नो पार्टी नभएको स्पष्ट पारेका छन् । ‘लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र नेपाली जनताको सार्वभौमसत्ताको सुरक्षा गर्नका लागि गठबन्धन अहिलेको आवश्यकता हो । गठबन्धन जोगाउन हामी भरपूर प्रयास गर्छौ । तर एनसीसी पास गर्ने सवालमा हो भने गठबन्धन हामीलाई आवश्यक छैन ।’

मन्त्री राईले भने, ‘एमसीसी यथास्थितिमा पास गर्न हुँदैन । एमसीसी मुलुकको सन्दर्भमा उपयुक्त छैन । यथास्थितिमा एमसीसी पास गरियो भने मुलुकको सार्वभौमसत्ता एवं लोकतान्त्रिक गणतन्त्रका लागि प्रतिकूल हुने प्रष्ट छ । अहिले देशी विदेशी शक्तिहरु यो गठबन्धनलाई कसरी भत्काउन सकिन्छ भनेर लागिरहेका छन् । त्यसतर्फ सजग हुन जरुरी छ ।’ अमेरिकाको एउटा संस्थाबाट ५५-५६ अर्बको सहयोगका लागि नेपालको संसदले पास गर्नुपर्ने अभिशप्तता भोग्नुपर्ने अवस्था दुःखद् भएको मन्त्री राईको भनाइ छ ।

सामाजिक विकास मन्त्री राईले प्रदेशको नामकरणमा ढिलासुस्ती हुँदा ‘लाज लाग्ने’ स्थिति आएको बताएका छन् । सात प्रदेशमध्ये ६ प्रदेशले नामकरण टुङ्ग्याइसक्दा पनि प्रदेश- १ को नामकरण हुन नसक्दा सबैले ‘गिल्ला गर्ने’ अवस्था आएको बताएका छन् । प्रदेश-२ ले पहिचान र पाँच प्रदेशले भूगोलको आधारमा नामकरण गरेको उल्लेख गर्दै मन्त्री राईले प्रदेश १ को नामकरण पहिचान र भूगोलका आधारमा राख्नु सर्वस्वीकार्य हुने धारणा राखेका छन् । ‘

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७