नेपाल युएईसँग २५ रनले पराजित


२९ माघ २०७८, शनिबार
Nepal Cricket e1644653472429 1536x810 1

काठमाडौं । चारदेशीय टी-२० श्रृंखला अन्तर्गत नेपाल युएईसँग २५ रनले पराजित भएको छ । १९३ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६७ रनमा समेटिँदा नेपाल युएईसँग पराजित भएको हो ।

नेपालका लागि दिपेन्द्रसिंह ऐरीले ४१, आशिफ शेखले ३४, लोकेश बलमे ३३, ज्ञानेन्द्र मल्लले २२ तथा आरिफ शेखले ११ रन जोड्दा शरद भेषावकर १० रनमा अविजित रहे । युएईका खासिफ दाउद र रोहन मुस्तफाले समान दुई-दुई विकेट लिँदा जुनैद सिद्धिकीले एक विकेट लिए ।

त्यसअघि ओमान क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ३ विकेट गुमाउदै १९२ रन जोडेको थियो । युएईका लागि चिराज सुरीले अविजित ८४ रनको योगदान गरे । रोहन मुस्तफाले ४९, मोहम्मद वसिमले २२, बसिल हमिसले १७ तथा मोहमम्द बुटाले अविजित १४ रन जोडे ।

नेपालका लागि कप्तान सन्दीप लामिछाने, शाहब आलम र आरिफ शेखले एक-एक विकेट हात पारे । यसअघि शुक्रबार भएको सिरिजको पहिलो खेलमा नेपालले आयोजक ओमानलाई ६ विकेटले पराजित गरेको थियो । नेपालले अब सोमबार हुने सिरिजको अन्तिम खेलमा आयरल्याण्डको सामना गर्दैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७