टेलिकमको तीन महिनाको खुद नाफा ६० करोड ८४ लाख


२९ माघ २०७८, शनिबार
ntc

काठमाडौं । नेपाल टेलिकमको खुद मुनाफामा ६० करोड ८४ लाख रुपैयाँ वृद्धि भएको छ । कम्पनीले शनिबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको आर्थिक विवरणअनुसार टेलिकमले गत वर्षको तुलनामा यस वर्ष ६० करोड ८४ लाख ८१ हजार रुपैयाँ वृद्धि गरेको हो ।
गत आर्थिक वर्षको द्वितीय त्रैमासिकसम्म ३ अर्ब २८ करोड ९३ लाख ९४ हजार रुपैयाँ खुद मुनाफामा रहेको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा ६० करोड वृद्धि गर्दै ३ अर्ब ८९ करोड ७८ लाख ७५ हजार पुगेको छ ।

चालु आर्थिक वर्षको द्वितीय त्रैमासिकमा कम्पनीको कुल सञ्चालन आय १ अर्ब ४८ करोड २३ लाख ३ हजार रुपैयाँले वृद्धि भइ १९ अर्ब २० करोड ७२ लाख १६ हजार पुगेको छ । यस्तै सोही अवधिको कुल आयमा पनि १ अर्ब ४१ करोड ३२ लाख ६३ हजार रुपैयाँले वृद्धि भइ २१ अर्ब ९८ करोड ९१ लाख ८८ हजार रुपैयाँ पुगेको कम्पनीले जनाएको छ ।

त्यसैगरी, गत आर्थिक वर्षको द्वितीय त्रैमासिक अवधिमा मात्र कम्पनीको कुल सञ्चालन आय ९ अर्ब ८ करोड ९५ लाख ७३ हजार रुपैयाँ रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिको मात्र कुल सञ्चालन आय ३४ करोड २३ लाख ४९ हजार रुपैयाँले वृद्धि भएर ९ अर्ब ४३ करोड १९ लाख २३ हजार रुपैयाँ पुगेको छ ।

फोरजी विस्तारसँगै सक्रिय ग्राहक आधार वृद्धि हुन गई मोबाइल डाटा, भ्वाइस, एस.एम.एस. सेवाको उपभोगमा वृद्धि हुँदा कम्पनीको आय वृद्धि भएको कम्पनीको भनाइ छ । यसअघि टुजी र थ्रीजी भएका स्थानमा फोरजी पहुँच विस्तार गरिएले पनि ग्राहकको संख्यामा वृद्धि आएको कम्पनीको दाबी छ । यस्तै, एफटीटीएच सेवा प्रति ग्राहकको आकर्षणमा बढेकाले पनि निश्चित नेटवर्कबाट हुने आयमा सकारात्मक प्रभाव परेको कम्पनीको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७