तीन वटै तहको चुनावसम्म गठबन्धन रहन्छ : मन्त्री पौडेल

‘एमसीसीबारे कुनै पनि पार्टी एकमत छैनन्’


२९ माघ २०७८, शनिबार
35 Shares
Debendra Poudel

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले एमसीसीमा राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् । राजधानीमा आयोजित कार्यक्रममा बोल्दै एमसीसीमा राष्ट्रिय सहमति आवश्यक रहेको भन्दै अहिलेको पाँच दलीय

गठबन्धन आगामी तीनै तहको निर्वाचनसम्म कायम रहने दावी गरेका हुन् ।
मन्त्री पौडेलले अमेरिकी सहयोग सम्झौता एमसीसीबारे सबै दलमा एकमतको धारणा नभएको बताए । उनले भने, ‘एमसीसीबारे अहिलेसम्म संस्थागत निणर्य गरेर कुनै पनि पार्टीले एकमत बनाएका छैनन् । एमसीसीबारे राष्ट्रिय सहमति बनाउनु पर्छ । अहिले यो विषयमा छलफल चलिरहेको छ ।’

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

उनले स्थानीय तहको निर्वाचन एकै चरणमा गर्नेगरी मिति घोषणा भइसकेको बताउँदै यो राम्रो भएको बताए । ’२०७४ सालमा स्थानीय तहको निर्वाचन हुँदा तीन चरणमा भएको थियो, त्यसमा कुनलाई अन्तिम कार्यकाल मान्ने ? भन्ने कुरा थियो । यो विषय ऐन-कानुनमा लेखिएको थिएन । त्यही भएर छलफल भयो । तीनै तहको निर्वाचन एकै पटक गर्ने भनेर छलफल भएको हो,’ उनले भने ।

ncll 2
jagdamba.cement

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७