आईपीएलको अक्सन गराउँदा-गराउँदै बेहोस भएर ढले ‘अक्सनर’ नै (भिडियो)


२९ माघ २०७८, शनिबार
70 Shares
IPL Auctionar q4FzL0CLbn

काठमाडौं । भारतको बैंगलोरमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको अक्सनमा अक्सनर ह्यू एडमिड्स बेहोस भएका छन् । अक्सनमा फ्रेन्चाइज टिमले बोली लगाइरहेका बेला अक्सनर इङल्याण्डका एडमिड्स बेहोस भएर मञ्चमै ढलेका थिए ।

एडमिड्सको अहिले अस्पतालमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ । एडमिड्सले श्रीलंकाका वनिन्दू हसरंगाको बोली लगाइरहेका थिए । हसरंगाको बोली १०.७५ करोड पुगेका बेला एडमिड्स बेहोस भएर ढलेका थिए । आईपीएलको बाँकी अक्सन चारु शर्माले अघि बढाउने भएका छन् । एडमिड्स बेहोस हुनुअघिसम्मको अक्सनमा दीपक हुड्डालाई लखनऊ सपर जायन्टले पाँच करोड ७५ लाख भारतीय रुपैयाँमा भित्र्याएको छ । हुड्डाको आधार मूल्य ७५ लाख भारतीय रुपैयाँ थियो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

रोयल च्यालेन्जर्स बैंगलारले हर्षल पटेललाई १० करोड ७५ लाख भारतीय रुपैयाँमा भित्र्याएको छ । पटेलले गत सिजन पनि बैंग्लोरबाट खेलेका थिए । उनले ३२ विकेट लिएका थिए । नयाँ टिम लखनऊ सुपर जायन्टले जेसन होल्डरलाई आठ करोड ७५ लाख भारतीय रुपैयाँमा भित्र्याएको छ । नीतिश राणालाई कोलकाता नाइट राइटर्सले आठ करोड भारतीय रुपैयाँमा खरिद गरेको छ ।

ncll 2

बंगलादेशका खेलाडी शाकिब अल हसन, भारतका सुरेस रैना, अष्ट्रेलियाका स्टिभ स्मिथ, दक्षिण अफ्रिकाका डेबिड मिल्नर ‘अनसोल्ड’ भएका छन् ।
हेर्नुस् भिडियो

jagdamba.cement

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७