निर्वाचन आयोगले आजदेखि दैनिक ‘प्रेस ब्रिफिङ’ गर्ने


१ फाल्गुन २०७८, आईतवार
Nirwachab aayog election commision Nirbachan

काठमाडौं । निर्वाचन आयोगले आज (आइतबार) देखि आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन र आयोगका दैनिक गतिविधिबारे हरेक दिन आमसञ्चार माध्यमलाई जानकारी गराउने भएको छ ।

कान्तिपथस्थित आयोग परिसरको मिडिया सेन्टरबाट आज (फागुन १ गते) देखि प्रत्येक दिन अपराह्न ४ बजे प्रवक्ता-सञ्चारकर्मी भेट कार्यक्रम सञ्चालन गरिने भएको हो । निर्वाचनका सन्दर्भमा आयोगका दैनिक गतिविधि तथा निर्वाचनसँग सम्बन्धित अन्य विषयमा आमसञ्चार माध्यमलाई सूचना सम्प्रेषण गर्ने उद्देश्यले ‘प्रेस मिट’ गर्न लागिएको आयोगका प्रवक्ता शालीग्राम शर्माले जानकारी दिए ।

स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गतेका लागि घोषणा भइसकेको छ । दैनिक रूपमा सञ्चारमाध्यममार्फत सम्पूणर् नेपालीलाई निर्वाचन गतिविधि अद्यावधिक गरी निर्वाचन वातावरण बनाउन आयोगलाई सहयोग गर्ने हेतुले प्रवक्ता सञ्चारकर्मी भेटघाट राखिएको उनले बताए ।

दैनिक रूपमा हुने प्रेस मिटले निर्वाचन सम्बन्धमा आउन सक्ने भ्रमपूणर् विषयवस्तुलाई चिर्न समेत सहयोग पुग्नेछ । दैनिक प्रेस ब्रिफिङबाट समयको सही उपयोगका साथै सूचना प्राप्त गर्ने विषयमा हुन सक्ने अलमल अन्त्य हुने आयोगले विश्वास लिइएको छ ।

निर्वाचनसँग सम्बन्धित सबै समाचार र सूचना तोकिएको समयमा एकै स्थानबाट सहज रूपमा उपलब्ध हुने जनाउँदै आयोगले दैनिक रूपमा हुने प्रेस मिटमा उपस्थितिका लागि सबै सञ्चारगृह र सञ्चारकर्मीलाई आग्रह गरेको छ । आयोगले प्रेस मिटसम्बन्धी सूचना वेबसाइटमा राख्ने छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७