काठमाडौं उपत्यकाका शैक्षिक संस्था आजदेखि खुल्दै


१ फाल्गुन २०७८, आईतवार
rolpaa school

काठमाडौं । आज (आइतबार) देखि काठमाडौं उपत्यकाका शैक्षिक संस्था खुल्ने भएका छन् । कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) तथा काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी सम्मिलित जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को शनिबार बसेको बैठकले आजबाट शैक्षिक संस्था सञ्चालन गर्ने निणर्य गरेको हो ।

त्यसैगरी होटल, रेष्टुरेन्ट तथा रात्रिकालीन व्यवसाय पनि सञ्चालन गर्न दिने निणर्य सरकारले गरेको छ । कोरोना संक्रमणको तेस्रो लहर शुरु भएपछि सरकारले पुसको तेस्रो साताबाट काठमाडौं उपत्यकामा शैक्षिक संस्था बन्द गरेको थियो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालका अनुसार जिल्ला प्रशासन कार्यालय भक्तपुर र ललितपुर समेतको निणर्य अनुसार शैक्षिक संस्था खुलाउने र रात्रिकालीन व्यवसाय सञ्चालन गर्न दिने निणर्य भएको छ ।

स्थानीय प्रशासनको निणर्य अनुसार अब शैक्षिक संस्थामा १२ वर्षमुनिका विद्यार्थीका लागि इन्टरनेटबाटै शिक्षणको गतिविधि सञ्चालन गर्ने व्यवस्था मिलाउनु पर्नेछ । १२ वर्षमाथिका विद्यार्थीका लागि स्कुलमै गएर अध्ययन गर्ने गरी व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७